नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनको उम्मेद्वारहरुको प्यानल नै निर्वाचित ।
काठमाण्डौ:
नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ।
२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए। आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित भएका हुन्। घिमिरेले ४४७४ मत ल्याएका छन्।
घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठेका थिए। घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्। निर्वाचन अधिकृत सानुराज पोखरेलले घिमिरेको प्यानल नै निर्वाचित भएको बताए। घिमिरेले गतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई हराएका हुन्।
नेकपा एमालेनिकट अधिकारीले २४८२ मत ल्याएका थिए। यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका थिए। गत चैत १९ मा बारको निर्वाचन भए पनि गणना गर्न समय लागेको थियो।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


