वालिङ १० का झण्डै सय जना गरे काँग्रेस प्रवेश ।

खगीन्द्र पौडेल :
वालिङ नगरपालिका वडा नम्वर १० मा नेकपा एमाले लगायतका पार्टी छाडेर झण्डै सय जना कार्यकर्ता काँग्रेस प्रवेश गरेकाछन् । वडा सभापति नेत्र प्रसाद सुवेदीका अनुसार बिभिन्न टोलबाट गरी ८६ जना काँग्रेसमा आवद्ध भएका हुन् ।
उनीहरुलाई काँग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारी,महाधिवेशन प्रतिनिधि लक्ष्मी प्रसाद रेग्मी, क्षेत्र नं २ क का सभापति अर्जुन खनाल लगायतले पार्टी प्रवेश गराउनु भएको हो ।
वडा नम्वर १० को दाङ्सिया टोलबाट १८ जना, फेदीमोहोरिया टोलबाट २१ जना,पण्डितथोक टोलबाट १३ जना,गह्रौकालिका टोलबाट ७ जना,सडक बिभाग टोलबाट ४ जना, फूलवारी टोलबाट ७ जना,शान्ती टोलबाट २ र तल्लो वालिङ टोलबाट १४ जना काँग्रेसमा आवद्ध भएका वडा सभापति सुवेदीले बताउनु भयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP