एमाले जिल्ला कमिटि सदस्य बराल सहित सय जना काँग्रेसमा प्रवेश ।
फेदीखोला :
नेकपा एमाले स्याङ्जाका जिल्ला कमिटी सदस्य लक्ष्मी प्रसाद बराल (बद्री) एमाले परित्याग गरी काँग्रेस प्रबेश गर्नु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बराल लगायत एक सय भन्दा बढी एमाले कार्यकर्तालाई काँग्रेसमा भित्र्याउनु भएको काँग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै काँग्रेस पार्टीमा समावेश हुनु पर्ने बताउनु भयो ।
घर घर जाऔं काँग्रेस जिताऔं अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा काँग्रेस स्याङ्जाका सभापति राजु थापा, फेदीखोला गाँउ सभापति महेन्द्र थापा लगायतले बोलेका थिए ।
एमाले फेदीखोलाका प्रभावशाली नेता समेत रहनु भएका बरालको काँग्रेस प्रवेशले गाँउपालिकामा नै ठुलो महत्व राख्ने स्थानीय नेताहरुले बताएकाछन् ।
काँग्रेसको एक महिने अभियान जिल्लाभर सञ्चालन भईरहेको छ ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


