फेदीखोलाका झण्डै दुई सय घरमा धारा
प्रकाश डोटेल,
स्याङ्जा, १७ चैत्र :
खानेपानीको समस्या भौग्दै आएका स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. २ मा निर्माणाधिन दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १ सय ६६ घरधुरीका ८ सय नागरिक खानेपानीबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सरकारको १ करोड छ लाखको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४ सय २५ लाभान्वित भएका छन् भने संघीय सरकारबाट प्राप्त ९५ लाख ४८ हजार ५ सय १३ रुपैयाँको लागतमा निर्मित ठूलाधारा लिफ्टिङ् खानेपानी योजनाबाट ८० घरधुरीका ३ सय ७५ नागरिक लाभान्वित भएको वडाध्यक्ष हिमालयजंग बानियाँले बताए ।
खानेपानी योजना अव्वस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएपछि प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहान मर्मत गरी पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समितिले जनाएको छ ।
उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका २ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मत सम्भारका लागि मासिक ५० संकलन गर्न थालिएको समितिका अध्यक्ष बम बहादुर गुरुङले जानकारी दिए ।
लिफ्टिङबाट फेदीखोला २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले जानकारी दिए । योजना संचालनमा आएसँगै गाउँभन्दा करिब एकसय मिटर तल रहेको ठूलाधारा मुहानबाट पानी बोकेर ल्याउनुुपर्ने बाध्यता हटेको छ ।
अहिले घरघरमै पानीको धारा जजान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जीवनमा परिवर्तन आउने अपेक्षा गरिएको छ । घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने विश्वास समितिका अध्यक्ष सुवेदीले गरेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


