वैद्य माओवादी परित्याग गरी संयुक्त समाजवादी मोर्चाको घोषणा ।
काठमाण्डौ:
नेकपा माओवादी क्रान्तिकारी परित्याग गरी संयुक्त समाजवादी मोर्चा घोषणा गरिएको छ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी युवा नेता सेवन्तराज भण्डारीको अध्यक्षतामा केन्द्रीय मोर्चा घोषणा भएको हो।
मोर्चामा महासचिव सूर्य कार्की रहेका छन्। मोर्चा घोषणा गर्दै अध्यक्ष भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी क्रान्तिकारीले निर्वाचन बहिस्कार गर्ने निर्णयप्रति अग्रगमन चाहाने युवापुस्ता तथा नेतृत्व पुरानै सोच र चिन्तनबाट परिचालित नहुने भन्दै आफू निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका हुन्।
भण्डारीले मोर्चाले देशैभर विचार मिल्ने अन्य पार्टीसँग चुनावी तालमेल गर्ने समेत स्पष्ट पारेका छन्।
उनले आफूहरूसँग वैधानिक दल दर्ता नभएको अवस्थामा अन्य दलको निर्वाचन चिन्हबाट स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।
‘मुलुक र जनताको स्वार्थभन्दा पनि कम्युनिष्ट आन्दोलनका नेतृत्व आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लीन हुनु तथा पुरातनवादी एवम् परम्परागत सोचमै रूमलिएका कारण अझै पनि कम्युनिष्ट पार्टीले अघि सारेका लक्ष्य पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको यथार्थ हामी माझ छ,’ संयुक्त समाजवादी मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै कम्युनिष्ट पार्टीमा व्यक्ति केन्द्रित नेतृत्व हाबी हुनु, राजनीतिक कार्यदिशामा अस्पष्टता रहनु, कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्नेमा रणनीति चाहिँ कार्यनीतिमा विलुप्त हुनुजस्ता कारणले आज कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ।’
नेकपा क्रान्तिकारी माओवादीलगायत कम्युनिष्ट घटकहरूबाट अलग भई संयुक्त समाजवादी मोर्चा निमार्ण गर्ने अभियानको थालनी गरेको मोर्चाले बताएको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


