वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
वालिङ ५ जगतभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले नागरिकहरुबाट प्राप्त असल सुझावहरुलाई कार्यान्वयन गर्दै लगिने बताउनुभयो ।
वालिङ नगरपालिका एक्लैको प्रयासले मात्रै विकास संभव नहुने भएकाले सबैको सकारात्मक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
“विकास निर्माणमा सबै दलहरु एकजुट भई राजनीतिक स्वार्थभन्दामाथि उठेर कार्य गर्नुपर्छ” उहाँले भन्नुभयो,, “विरोधकालागि विरोध गर्नेभन्दा पनि सत्यतथ्यका आधारमा प्राप्त भएका सल्लाह तथा सुझावहरुलाई ग्रहण गर्दै अगाडि बढ्न प्रतिबद्ध छौं ।”

कार्यक्रममा वालिङ नगरापालिकाले गरेका गतिविधिहरु तथा महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित नमूना विद्यालय केन्द्रीत सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशा तथा गुनासोहरुको नगर प्रमुख खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका निवर्तमान उपाध्यक्ष उदय श्रेष्ठ, नेपाली काँग्रेसका नेता नरप्रसाद रेग्मी, एमाले जिल्ला सचिवालय सदस्य पूण्यप्रसाद अर्याल, वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, सचिव यमकान्त खनाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पोख्रेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य जीतबहादुर नेपाली, प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशील सुबेदी, पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होमबहादुर सेन, नर्मदा खड्का, सुनिता खड्का, रमेश लामिछाने, तिलकबहादुर गुरुङ, नारायणप्रसाद रेग्मी, ईन्द्रप्रसाद पंगेनी, फगिन्द्रबहादुर थापा लगायतले सुझाव तथा गुनासोहरु ब्यक्त गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने धन्यवाद ज्ञापन वडा नं. ५ का वडाध्यक्ष ढाकाराम पंगेनीले र सञ्चालन प्रेस सल्लाहकार तोलाकान्त बगालेले गर्नुभएको थियो ।
नगरपालिकाले बिभिन्न स्थानमा घुम्ती रुपमा सार्वजनिक सुनुवाई गर्दै आईरहेको छ । १४ वटा वडा रहेको नगरपालिकाले बिभिन्न स्थानमा सार्वजनिक सुनुवाई गर्दै आईरहेको छ ।

समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


