वालिङका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम ।
वालिङ:
वालिङ नगरपालिकाका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यक्ताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो ।

तालिममा कृषकलाई तरकारी लगाउने तरिका,बर्नाको संरक्षण र रोपण लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
कृषकहरुको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भईरहेको संस्थाले जानकारी दिनुभयो ।
तालिममा दियालो÷युएनडिपीका प्राविधिकहरु शोभाकान्त पाण्डे र राजेन्द्र प्रसाद लामिछाने लगायतले प्रशिक्षण गरेका थिए ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


