नेकपा एमालेमा फेरि अर्काे आई.टी. आर्मी (साईवर सेना) ।
काठमाडौं :
नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहको नेतृत्वमा आई.टी.आर्मीको घोषणा गरिएको छ ।
मंगलबार घोषणा पत्र जारी गर्दै सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई।टी। आर्मी घोषणा गरिएको हो ।
सरकारले सूचना प्रविधिमार्फत् जनतामा भ्रमको खेती गर्न सक्ने र त्यो भ्रम चिर्नका लागि आई. टी. आर्मी निर्माण गरिएको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।
घोषणा पत्रमा भनिएको छ,‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ । तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आई.टी. आर्मीको स्थापना गरिएको छ।’
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


