‘संबृद्ध बिरुवा सुखी बिरुवाबासी’ नाराका साथ बिरुवाको गाँउसभा सम्पन्न कृषि,शिक्षा,स्वास्थ्य र पूर्बाधार बिकासमा जोड ।
स्याङ्जा :
स्याङ्जाको बिरुावा गाँउपालिकाको नवौं गाँउ सभा सम्पन्न भएको छ । ‘संबृद्ध बिरुवा सुखी बिरुवाबासी’ भन्ने नाराका साथ सम्पन्न सभाले कुल ४२ करोड ९२ लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ ।
गाँउपालिकाका उपाध्यक्ष देबी थापाले सभामा पेश गर्नु भएको बजेटमा कृषि,शिक्षा,स्वास्थ्य र पूर्बाधार बिकासलाई प्राथमिकतामा राखिएको छ ।
बजेट अन्तरगत चालू तर्फ १४ करोड ९२ हजार ७२ लाख, पूँजीगत तर्फ ६ करोड ९९ लाख ९६ हजार र शसर्त तर्फ २१ करोड रहेको बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।
बजेटमा नमुना कृषि कार्यक्रम,युवा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि गाँउपालिकाले रु १० लाख बिनियोजन गरेको छ । यस्तै कोरोना नियन्त्रणका लागि रु ३० लाख बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।
सभामा बोल्दै गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले ‘संबृद्ध बिरुवा सुखी बिरुवाबासी’ भन्ने नाराका साथ नागरिकको जीवनस्तरमा सुधार ल्याउने अभियानमा पालिकाको ध्यान रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरुको ध्यान नागरिकको स्वास्थ्यको रक्षा,जीवनस्तरमा सुधार, आर्थिक संवृद्धिमा रहेको छ ।’
सभामा वडा नम्वर ६ का अध्यक्ष कृष्ण केसी,प्रकाश थापा, युवराज केसी लगायतले मन्तव्य राखेका थिए ।
सभाले बन ऐन २०७८ पारित गरेको छ ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


