कोरियामा रहेका युवाहरुले वालिङलाई दिए झण्डै सवा चार लाख रुपैया
खगेन्द्र पौडेल/वालिङ:
रोजगारीको शिलशिलामा स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया पुगेका वालिङ नगरपालिका भित्रका युवा समूहले आफ्नो नगरपालिकालाई झण्डै सवा चार लाख रुपैयाँ नगद सहयोग गरेकाछन् ।
युवाहरुले चार लाख तेईस हजार सात सय अन्ठानब्बे रुपैंया सहयोग गरेका छन । कोरोनाको दास्रो भेरियन्टबाट वालिङ पनि प्रभावित भएकोले कोरोना संक्रमण नियन्त्रणमा सघाउ र बिरामीहरुको हेरचाहको निमित्त सो संकलित रकम नगरपालिकाको बिपत कोषमा जम्मा गरिएको युवाहरुले बताएकाछन् ।
कोरियामा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको अगाध माया सहितको अमूल्य सहयोगप्रति वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गर्नु भयो । उहाँले दाताहरुबाट प्राप्त रकम विशेष गरि उपचारार्थ कोभिड संक्रमित बिरामीको लागि औषधी, अक्सिजन, सन्तुलित खाना, एम्बुलेन्स साथै भ्याक्सिनमा खर्च गरिने जानकारी गराउनु भयो ।
सहयोगीहरुको नामावली अभिलेख सुरक्षित राख्दै आम्दानी र खर्चको विवरण नगरपालिकाले नै सार्वजनिक गरिरहेको बताउनु भयो ।
कोरोनाको कहरले विश्व समुदाय यतिखेर आक्रान्त बनिरहेको अवस्थामा नागरबासीको सवालमा सदैव उत्तरदायी रहँदै आएको वालिङ नगरपालिकाको कार्य प्रति थप सहयोग गर्ने उद्देश्यले रकम जुटाएर पठाईएको अभियान्ता राजन गैह्रेले बताउनु भयो । आफ्नो मातृभूमिमा परेको यो मानवीय संकटमा सानो राहत र सहानुभूतिका लागि सहयोग गर्न पाउँदा अभियानमा सहभागी सन्दिप डुम्रेले खुशी व्यक्त गर्नुभयो । १०५ जनाले स्वेच्छिक रुपमा सहयोग संकलनमा जुटेको रकमको भौचरलाई राजेन्द्र प्रसाद लामिछानेले नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गर्नु भएको हो ।
रकम दाताहरुको बिबरण :
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


