फेदीखोला गाउँपालिकाले अनलाइनबाट कक्षा ८ को नतिजा प्रकाशन गर्यो
स्याङजा : फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत नतिजा प्रकाशन गरेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दे कक्षा ८ को नजिता अनलाइनमार्फत सार्वजनिक गरेको हो। नतिजालाई पालिका आफ्नो वेवसाइटमा राखेको छ। संक्रमणका बेला विद्यार्थी र अभिभावकले घरमै बसेर नतिजा थाहा पाउन भन्ने उदेश्यले अनलाइनमार्फत प्रकाशन गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।
एसईईकै मोडलमा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ। वेवसाइटमा गएर विद्यार्थीले आफ्नो सिम्बोल नम्बर र जन्म मिति टाइप गरेपछि नतिजा थाहा पाउन सक्छन। अध्यक्ष सुवेदीले थपे,‘मार्कसिटसहितको नजिता हेर्न र प्रिन्ट गर्न पनि सक्नेगरी राखिएको छ।’
पालिकाले मंगलबार भर्चुअल माध्यमबाट शिक्षा समितिको बैठक बसेपछि नजिता प्रकाशन गरेको हो। वैशाख १६ देखि आधारभूत तहको परीक्षा संचालन गरेको र कक्षा ८ का २ सय ३० सहभागीमध्ये सबै उत्तिर्ण भएका छन् शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए। ग्रेड भने फरक रहेको बताइएको छ।
पाँच वडा रहेको पालिकाभित्रका २७ वटा विद्यालय छन। तीमध्ये ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय कक्षा ८ का आधारभूत परीक्षामा सहभागी थिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


