दर्जनौं बिद्यार्थीहरु एकाएक बिरामी परेपछि कालगण्डकीको एक बिद्यालयमा गरियो स्वास्थ्य शिविर
यम सोमै: स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेमा अव्यवस्थित श्री ध्रुव ज्योति माविमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
बिद्यालयमा अध्ययनरत करिब ८०/९० जना बालबालिका एकै पटक बिरामी परे पश्चात् एमबीबीएस डाक्टर सहितको टोलिले स्वास्थ्य परिक्षण गरेको हो। बिरामी परेका विद्यार्थीहरुमा घाँटी दुख्ने , टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिएको थियो।

सवै जनमा बिगत ४/५ दिन देखि एकै प्रकारको लक्षण देखिए पश्चात् गाउँपालिकामा स्वास्थ्य सहयोग लागि खबर गरिएकोमा आज कालीगण्डकी अस्पतालको स्वास्थ्यकर्मीहरुको टोलिहरुले स्वास्थ्य परिक्षण गरेको बिद्यालयका प्रअ हिरा बहादुर गाहा मगरले जानकारी दिनु भयो। गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालमा कार्यरत डा. कबिम गैरे , स्टाफ नर्स , अनमि तथा अन्य स्वास्थ्यकर्मीहरुको टोलि बिद्यालयमै आएर सवै बिरामी विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएकोमा गाउँपालिका प्रती हार्दिक आभार व्यक्त गर्दै प्रअ गाहामगरले आपत बिपत्तिमा गाउँपालिका छ भन्ने कुराको पुष्टि भएको समेत बताउनुभयो ।
परिक्षणका क्रममा बिरामी परेका सवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको कालीगण्डकी गाउँपालिका जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। तत्काल त्यस्तो आत्तिनु पर्ने अवस्था नरहेको भन्दै जनस्वास्थ्य निरक्षक थापाले यो मौसम परिवर्तन र धुवा-धुलोको कारण यस्तो स्वास्थ्य समस्या आएको हुन सक्ने बताउनुभयो । यो समयमा मौसम सुख्खा रहेको र मौसमी भाइरल रुघाखोकीले आक्रमण गर्न सक्ने हुनाले सवैलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नु थापाले आग्रह गर्नु भयो। बिरामी परेका हरु मध्ये ९ जनाको नमूना परिक्षण संकलन गरिएको र आवश्यकता अनुसार पिसिआर परिक्षण समेत गरिने समेत थापाले बताउनु भयो। (कालीगण्डकी पाेष्ट)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


