बिरुवा गाउँपालिकामा अध्यक्ष कप खेलकुद सम्पन्न ।
स्याङजा :
बिरुवा गाउँपालिका स्याङजामा चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत बिहीबार शुरू भएको कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका विधाहरू को खेल पुरा भए सँगै आज एक औपचारिक कार्यक्रम विच खेलकुद समापन गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा न ६ का अध्यक्ष कृष्ण प्रसाद क्षत्रीले गर्नु भएको थियो । पुरुष तर्फ ७ वटा वडा र महिला तर्फ ६ वटा वडा हरु सहभागी भएको खेलकुदमा दुवै विधा तर्फ प्रथम स्थानको विजेता आयोजक टिम वडा ६ हुन सफल भयो ।
.

पुरुष तर्फको द्वितीय तथा तृतीय स्थान क्रमश वडा न १ र ७ ले हासिल गर्न सफल भए । यसै गरी महिला तर्फको द्वितीय तथा तृतीय स्थान क्रमशः वडा न ४ र ७ ले हासिल गर्न सफल भए । विजेता हरुलाई मेडल , नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष तर्फ प्रथम,द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरू ले क्रमशः ६० हजार ,४० हजार तथा २० हजार रुपैया पुरस्कार स्वरुप प्राप्त गरेका थिए ।
.

यसै गरी महिला तर्फका विजेता हरुले क्रमशः ३० हजार , २० हजार तथा १० हजार रुपैया प्राप्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकLय अधिकृत कुलराज सुवेदीले स्वस्थ जीवनको लागि खेलकुदको ठूलो महत्व रहेको कुरा बताउनु भयो । उहाFले गाउँ तथा बस्ती स्तरमा छरिएर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले विगत ४ वर्ष देखि यो खेलकुद निरन्तर रुपमा आयोजना गरिएको पनि बताउनु भयो । कार्यक्रममा नेकपा नेता गोपाल कोइराला , नेपाली कांग्रेसका नेता युवराज केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
.


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


