आँधीखोला गाउँपालिका : बाङसिङमा स्वास्थ्य चौकी भवनको शिलान्यास
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आज उक्त भवनको शिलान्यास गर्नुभएको हो । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भवन शिलान्यासका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले कार्यक्रममा बोल्दै भन्नुभयो- “जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो।” वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।
भवन निर्माणका लागि रु २ करोड १० लाख टेन्डर गरिएकोमा करिब २५ प्रतिशत ठेक्का घटेर रु १ करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउराली-४ कास्की ले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्य कर्मी शंकर पौडेलले गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेल, लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


