वालिङमा दोस्रो चरणको कोरोना विरुद्वको खोप अभियान सुरु
वालिङ :
नेपाल सरकारको नीति बमोजिम दोस्रो चरणको कोभिड १९ विरुद्वको खोप अभियान स्याङ्जाको वालिङमा सुरु भएको छ ।
ग्रहौं प्राथमिक अस्पतालमा जनप्रतिनिधि, कर्मचारी,पत्रकार लगायतलाई कोरोना विरुद्वको खोप लगाउने कार्यक्रमको सुरु भएको अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
संघीय सरकारको दास्रोे चरणको खोप लगाउने अभियान अन्तर्गत पाँच दिन सम्म जनप्रतिनिधि, कर्मचारी, तथा पत्रकारहरुलाई खोप लगाउने अभियान सञ्चालन शुरु भएको हो ।
मंगलबार पहिलो दिन एक सय ५ जनाले खोप लगाएको वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । बुधबार पनि खोप अभियान जारी रहने उहाँले बताउनु भयो । अभियान अन्तरगत एक हजार दुई सय भन्दा धेरै व्यक्तिलाई खोप लगाइने प्रमुख पाण्डेले बताउनु भयो ।
पहिलो चरणको खोप अभियान अन्तर्गत यसअघि स्वास्थ्यकर्मीलाई कोरोना विरुद्वको खोप लगाइएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


