पदीय स्वार्थकै कारण एकतामा संकट देखियो : मन्त्री अर्याल
वालिङ:
कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले पदीय स्वार्थकै कारण पार्टीमा संकटको अवस्था आएको बताउनुभएको छ । नेकपा वालिङ नगर कमिटी (ओली समूह) ले आज वालिङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा देखिएको पदलोलुपता, स्वार्थ र महत्वाकांक्षी भएकै कारण कम्युनिष्ट एकता संकटको स्थिति आईपरेको बताउनुभएको हो ।
“दुई संगठनलाई जोड्नका लागि हामीले तत्कालीन समयमा दुई अध्यक्ष बनायौं” मन्त्री अर्यालले भन्नुभयो, “जुन उद्देश्य राखेर पार्टी एकता भएको थियो तर पछिल्लो समय एक अध्यक्षका बिरुद्ध अर्को अध्यक्षले गुटबन्दी थालेकै कारण अहिलेको अवस्था आईप¥यो ।”
मन्त्री अर्यालले पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलन मा समस्या आएको आरोपसमेत लगाउनुभयो ।
नेकपा पार्टीको मर्म अनुशार नै आफू लागि रहेको भन्दै कार्यकर्तालाई निरास नभइ अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, नेकपाका कार्यकर्ताहरु कतिपनि बिचलित नहुनु ।
पार्टीमा आएको संकटलाई एकताले नै पार लगाउन सक्ने मन्त्री अर्यालको जोड छ ।
प्रशिक्षण कार्यक्रममा नगर भित्रका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
तस्वीर : राजु काफ्ले
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


