स्याङ्जामा नेकपा ओली र प्रचण्ड-नेपाल समुहको छुट्टा छुट्टै कार्यक्रम
स्याङ्जा : स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-नेपाल समुहरुले छुट्टा छुट्टै कार्यक्रम गरेका छन । नेकपा ओली समूहले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ भने प्रचण्ड-माधव समूहले संसद विघटन विरुद्ध बिरोध सभा गरेका हुन ।
यि दुबै कार्यक्रम स्याङ्जाको पुतलीबजारमा ५० मिटरको दुरीमा भएको हो । प्रचण्ड-नेपाल समूहले पुतलीबजारको मुख्य चोकमा बिरोध सभा र ओली समूहले सिटिहलमा प्रशिक्षण कार्यक्रम गरेका हुन ।
.

विरोध सभामा नेकपा गण्डकी प्रदेश सह इन्चार्ज यसोधा सुवेदीले प्रधान मन्त्री केपी ओलीको असंवैधानीक कदमलाई अस्वीकार गर्दै संसद अधिवेशनको माग गर्न आफुहरु सडकमा आएको बताउनु भयो ।
यता नेकपा ओली समूहले गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले विदेशी शक्तिले नेपालमा कम्युनिष्ट पार्टीलाई सिध्याउन चाहेको बताउदै सोही अभियानको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका आरोप लगाउनु भएको छ ।
मन्त्री गुरुङले देश संकटमा परेको बताउदै नेता तथा कार्यकर्तालाई हलचल नभई डटेर अगाडि बढ्न आग्रह गर्नु भएको छ ।
.



समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


