मन्त्री अर्याल भन्छिन्, ‘पहुँचवालाबाट नै सरकारी जमीन अतिक्रमण’
काठमाडौं : निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताएकी छिन् ।
मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।
मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरिन् । मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेकी छिन् । नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


