वरिष्ठ नेता पौडेलको गिरफ्तारको स्याङ्जामा बिरोध प्रर्दशन
भवानी अधिकारी/स्याङजा :
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेस स्याङ्जाले सदरमुकाममा विरोध प्रर्दशन गरेको छ।
कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको नेतृत्वमा सदरमुकाममा प्रर्दशन गरिएको हो। वरिष्ठ नेता पौडेलको दुब्र्यवहार सहितको गिरफ्तारीको बिरोधमा कांग्रेसले प्रर्दशन गर्दे चर्का नारावाजी समेत गरेका थिए ।
हात हातमा प्ले कार्ड लिएर प्रहरी दमन मूर्दावाद, रामचन्द्र पौडेललाई रिहाइ गर, अधिनायकवादी ओली सरकार मुर्दावाद जस्ता नारा लगाउदै मुख्य बजार परिक्रमा गरेका थिए।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएपछि स्याङ्जामा बिरोध प्रर्दशन गरिएको हो।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


