माझी बस्तीमा पुतलीबजारको कुखुराका खोर, बाटो र घर
स्याङ्जा :
माछा मारेर गुजरा चलाउदै आएका पुतलीबजार नगरपालिका–१३, को माझी बस्तीमा पुतलीबजार नगरपालिकाको कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ । माझीहरुको आयआर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो ।
पालिकाले कुखुराको खोरमा आवश्यक पर्ने औजार तथा कुखुराका चल्ला, दाना र औषधी व्यवस्था गरिदिएको स्थानीय उमामायाँ माझीले जानकारी दिनुभयो । उहाँले आफुहरुलाई पालिकाले धेरै सहयोग गरेको बताउदै आवश्यक परेका सामाग्री माग गर्ने बताउनु भयो ।
पुतलीबजार नगरपालिकाले माझी बस्तीका २४ घरधुरीहरुमा ३० लाखको लगानीगरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । २४ घरधुरीका १ सय २५ जना माझीहरु लाभान्वीत भएका छन् । त्यसैगरी पालीकाले कुखुरालाई आवश्यक पर्ने दाना र औषधी पनि उपलब्ध गराएको छ ।
माझी बस्तीको अवलोकन गर्दै पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले उनीहरुको दयनीय स्थीती देखेर संघ सरकारसँग समन्वय गरी ३० लाख माझी बस्तीमा सहयोग गरेको जानकारी दिनुभयो । नगरप्रमुख क्षेत्रीले माझी बस्तीको उत्थानका लागि अझै पुतलीबजार नगरपालिकाले सहयोग गर्न चाहेको बताउनु भयो ।
पुतलीबजार नगरपालिकाको कार्यालयबाट आर्थीक तथा प्राविधिक सहयोग पछि नेपालबाटै लोपोन्मुख अवस्थामा रहेको माझी बस्तीको मुहारै फेरीएको छ । माझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाइएको स्थानीयहरुको भनाई रहेको छ ।
साना साना बच्चा बच्ची अध्यानका लागि विद्यालय जाने गरेपनी बयस्क युवा युवतीहरु र जेष्ठ नागरीकहरु माछा मार्ने र गिटी बालुवा बोकेरा गुजारा चलाउदै आएका छन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


