पुतलीबजारमा ब्यवसायिक तरकारी खेती सम्वन्धी तालिम शुरु ।
स्याङजा :
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र सूर्योदय क्लव स्याङजाको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत ब्यवसायिक तरकारी खेती तालिम शुरु भएको छ । पुतलीबजार नगरपालिकाका १४ वटा वडाबाट ५० जना कृषकहरुको छनौट पुतलीबजार नगरपालिकाले गरेको थियो । छनौट भएका कृषकहरुलाइ २ समुहमा विभाजन गरि ३ दिने ब्यवसायिक तरकारी खेती तालिम संचालन भएको छ । छनौट भएका कृषकहरुलाइ ८५ प्रतिशत अनुदानमा प्लास्टिक घर विउ विजन नियमित परामर्श तथा प्राविधिक सहयोग दिइ ब्यवसायिक कृषकका रुपमा विकास गरिने योजना रहेको छ ।
.

पुतलीबजार नगरपालिकाले कोभिड १९ कोरोना भाइरसबाट प्रभावित परिवारहरु र विदेशबाट फर्केर आएका युवाहरु लक्षित कार्यक्रम रहेको कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनु भयो ।
नियमित परामर्श कृषिमा प्रविधिको प्रयोग बजार ब्यवस्थापनका माध्यमबाट ब्यवसायिक कृषक सृजना गर्ने र पुतलीबजारलाइ तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कृषि विज्ञहरुले सहजीकरण गर्ने २०७७ मंसिर ७ देखि ९ सम्म ३ दिनको यस तालिममा तरकारी खेति रोग किरा मलखाद ब्यवस्थापन बजार ब्यवस्थापनका विविध विषयमा छलफल र प्रयोगात्मक अभ्यास गरिने पुतलीबजार नगरपालिका की कृषि बिकास अधिकृत मनिषा लामिछाने ले जानकारी दिनु भयो ।
याे पनि पढ्नु हाेस् : वालिङमा सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


