कांग्रेस वडा समितिद्धारा बिपन्न परिवारलाई निर्माण सामाग्री प्रदान
खगेन्द्र पौडेल :
नेपाली कांग्रेस वडा समितिद्धारा वालिङ नगरपालिका वडा नम्वर १० का बिपन्न समुदायलाई निर्माण सामाग्री प्रदान गरेको छ । आम्बोट मोहोरियामा आयोजना गरिएको एक कार्यक्रममा स्थानीय बिपन्न समुदायलाई शौचालय निर्माणका लागि सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस टोल समितिका सभापति ढाकाराम डुम्रे,पूर्ब गाविस उपाध्यक्ष सागर गैह्रे, कांग्रेस जिल्ला सदस्य शोभा गैह्रे लगायतले पार्टीका तर्फबाट स्थानीय ५ दलित तथा बिपन्न परिवारलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
प्रति परिवार ६ हजार बराबरको शौचालय निर्माण सामाग्री प्रदान गरिएको टोल सभापति ढाकाराम डुम्रेले जानकारी दिनुभयो । कांग्रेसले स्थानीय कमला सार्की, शर्मीला शार्की, खगीसरा सार्की, हेमकुमारी सार्की र हिमलाल सार्कीलाई आधुनिक शौचालय निर्माणका लागि सामाग्री प्रदान गरेको कांग्रेसले जनाएको छ ।
.
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…