जनप्रतिनिधिको चाडपर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा गरियाे ।
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले यश वर्ष प्राप्त गर्ने चाड पर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । नेपाल सरकारले जननिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाइ हरेक वर्ष चाडपर्व भत्ता उपलब्ध गराउदै आएको छ। मंगलबार बसेको कार्यापालिकाको बैठकले यो वर्षको लागि जनप्रतिनिधिको चाडपर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापनमा जम्मा गर्ने निर्णय गरिएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । यो वर्ष प्राकृतिक विपत्तिका कारण कालीगण्डकी गाउँपालिकामा ५ जनाको मृत्यु भएको थियो एक दर्जन परिवार पहिरोकाकारण विस्थापित हुने पुगेका थिए।गाउँपालिकाले बाढीपहिरोका कारण विस्थापित हुन पुगेका परिवारलाई आवास निर्माणको लागि प्रती व्यक्ति रु २,५०, ००० प्रदान गर्दै आएको छ। काज किर्या खर्चको लागि रु ३०, ००० हजार प्रदान गर्दै आएको छ। जनप्रनिधीबाट प्राप्त हुने चाडपर्व भत्ता रकमले कालीगण्डकी गाउँपालिकको स्थानीय प्रकोप व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । (कालीगण्डकी पाेष्ट)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


