गल्याङनगरलाई अपाङ्ग मैत्री बनाउन माग ।
भूपराज बस्याल/स्याङ्जा :
नगरपालिकालाई अपाङ्ग मैत्री बनाउन गल्याङ नगरपालिका भित्र रहेका अपंगता भएकाहरुले माग गरेका छन् । गल्याङ नगरपालिका स्तरीय अपांगता संजालले चौध बुदाका माग राख्दै नगर प्रमुख भूपराज अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
कोरोना कहरमा समेत अपांगता भएका ब्यक्तिको स्वास्थ सुरक्षामा नगरपालिकाले खासै ध्यान दिन नसकेको भन्दै अपांगता भएका ब्यक्तिहरु प्रती थप जिम्मेवारी हुन आग्रह सहितको ज्ञापनपत्र बुझाइएको संजालका अध्यक्ष यमलाल पाण्डेले जानकारी दिनुभयो ।
पालिका एघार वडामा करिब एक हजार एक सय अपांगता भएका ब्यक्तिहरु रहेपनी जम्मा २८१ जनाले मात्रै नगरपालिका बाट जारी हुने परिचयपत्र प्राप्त गर्नु दुखद भएको भन्दै नगरपालिका भित्रका सबै अपांगता भएका ब्यक्तिलाई परिचयपत्र वितरण गर्न माग गरिएको छ ।
रातोकार्ड प्राप्त गरेकालाई संरक्षक तथा रेखदेख भत्ता, अपांगता भएका ब्यक्तिलाई नि शुल्क कोरोना बिमा, नगरपालिका तथा वडा कार्यलयमा अपांगता हेल्प डेक्स लगायतका माग सहित ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख भूपराज अधिकारीले मागका सम्बन्धमा छिट्टै बैठकमा राखेर छलफल गर्ने र नगरपालिकाले पूरा गर्न सक्ने माग भए छिट्टै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल समाचारपत्रबाट
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


