आँखा शिबिर पछि चापाकोटमा कोरोना समुदाय स्तरमा पुग्यो ,एकै पटक थपिए २२ जना संक्रमित ।

coronavirus_pic_web

स्याङ्जा : स्याङ्जामा आज एकै पटक २२ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विवरण अनुसार एकै पटक २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

संक्रमित सवै चापाकोट नगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमित हरु मध्ये १९ जना पुरुष र ३ जना महिला रहेका छन् । चापाकोट नगरपालिमामा बि.एम. फाउन्डेसनले केही दिन अगाडि आँखा शिबिरको आयोजना गरेको थियो। उक्त शिबिरमा कोरोना संक्रमितको पनि सहभागी रहेको भन्दै यसअघि ३९ जनाको स्वाब परिक्षण गरिएको थियो जस्मा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

पुनः ४५ जनाको स्वाब संकलन गरिएको थियो जस मध्ये एकै पटक २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। शनिबार नै स्याङ्जामा हरिनास गाउँपालिका र पुतली बजार नगरपालिकाका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। शनिबार मात्रै स्याङ्जामा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP