बिरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा
बिरुवा : बिरुवा गाउँपालिका वडा न २ मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा एक कार्यक्रमबीच गाउँपालिकामा अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।
यो स्वास्थ्य केन्द्रको सञ्चालनसँगै वडा न २ निवासी हरु साधारण स्वास्थ्य समस्यामा पनि गाउँपालिकाको केन्द्र बिरुवा बजार वा जिल्ला सदरमुकाम स्याङजा जानुपर्ने बाध्यता हटेको छ। नेपाल सरकारको संघीय अनुदान मार्फत गत साल देखि नै वडा नम्बर ७ र वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माणको चरणमा रहेका छन् र गाउँपालिकाले ती भवनहरूको निर्माण सम्पन्न नहुँदै भाडाका घरमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको हो । बिरुवा गाउँपालिका का दुई वटा वडाहरुमा स्वास्थ्य संस्थाहरु नरहेको र उक्त समस्याको समाधान यसै आर्थिक वर्षभित्रै हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार दशैं अगाडि नै दुवै वडाहरुमा स्वास्थ्य केन्द्रहरू सुचारु हुने र यसै आर्थिक वर्षभित्र उक्त संस्थाहरु आफ्नै भवनमा सञ्चालन हुने छन् ।
.

यस सँगै जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा बाट वडा बासी हरु वञ्चित रहने अवस्था समाप्त भएको पनि उहाँले बताउनु भयो । वडा नम्बर २ का वडाध्यक्षको बुद्धि बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव खिम बहादुर गुरुङ ले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले अर्चलेबासीहरु को पञ्चायतकालदेखिको सपना पुरा गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


