नागरिक सरकारको लागी एमालेले जित्नैपर्छ : उपाध्यक्ष ‘बादल’
वालिङ :
नेकपा एमालेका केन्द्रिय कमिटि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नागरिक सरकारको लागि यो निर्वाचनमा एमालेले जित्नै पर्ने बताउनुभएको छ । मंगलबार स्याङ्जाको विरुवा गाउँपालिकामा भएको जन भेलालाई सम्बोधन गर्दै सार्वभौम स्वाधिनताको लागी एमालेले जित्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, वैदेशिक शक्तिहरुको आगाडि आत्मसर्मपण गर्न नसकेकाले केपि ओलीप्रति आक्रमण भईरहेको छ ।
नेपाल आफ्नै स्वाभिमान भएको मुलुक हो । पश्चिमा शक्तिहरुको बीचमा झुक्न नसकेका कारण नै ओली नेतृत्वको सरकार विघटन भयो ।” देश बचाउने र जलाउनेबीचको यो निर्वाचन अन्य निर्वाचन भन्दा निकै फरक रहेको भन्दै यो निर्वाचन विचारको लागि नभई राष्ट्र र राष्ट्रियताको लागि भएको उपाध्यक्ष बादलले बताउनुभयो । सामाजिक संजालको माध्यमबाट नेपालका युवाहरुलाई भ्रम सृजना गर्न खोजिएको भन्दै राष्ट्रिय अस्तित्वलाई बचाउन एमालेका उम्मेदवारहरुले जित्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “हाम्रो घोषणा पत्रले नेपालीलाई समृद्ध बनाउने योजनाका साथ अगाडि बढेको छ । नेपालीको आयलाई दुईगुना बनाउने योजनामा एमाले लागेको छ ।”
कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले आगामी निर्वाचन आगो लगाउने र आगो निभाउनेको बीचको भएको बताउनुभएको छ । वर्तमान सरकारले स्वास्थ्य विमामा कटौती गरिसकेको भन्दै कतै आमाबुवा, एकल महिलाहरुको सामाजिक सुरक्षा भत्ता पनि भोली काटिने त होईन भन्ने चिन्ताको विषय बनेको अर्यालले बताउनुभयो ।
समाजलाई स्थापित गर्ने कि विस्तापित गर्ने भन्ने बीचको निर्वाचन भएको भन्दै सामाजिक संजालमा फैलाईएका भ्रमित विषयमा भन्दा वास्तावितालाई हेरेर निर्वाचनमा सहभागि हुनुपर्नेंमा अर्यालको जोड छ । हिजो विचारको निर्वाचनका बेला लोकतन्त्रमा हार र जित हुने भएपनि आज फण्डाको निर्वाचन हुन लागेकाले फण्डाले देशलाई गलत दिशामा लैजाने अर्यालको भनाई छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


