अर्जुनचौपारीमा स्थानीय गाई संरक्षण कार्यक्रम
वालिङ :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालक किसानलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘पहाडे गाई पालन तथा संरक्षण कार्यक्रम’ मार्फत किसानलाई प्रति गाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको हो ।
सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको गाईको संख्या दिन प्रतिदिन घट्दै गएको अवस्थामा यसलाई संरक्षण गर्न गाउँपालिकाले यो योजनालाई यस वर्षपनि निरन्तरता दिएको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार आवश्यक कागजातसहित आवेदन दिने किसानमध्ये छनोट भएकालाई मात्र रकम उपलब्ध गराइने छ । उहांले रित नपुगी पेश भएका निवेदनलाई छनोट प्रक्रियामा समावेश नगर्ने बताउनुभयो ।
यस कार्यक्रमअन्तर्गत गत आव २०८१÷८२ मा प्रोत्साहन पाएका कृषकले निवेदन र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ भने चालू आव २०८२÷८३ मा नयाँ आवदेन दिन चाहने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, जग्गा भाडामा लिएको भए कम्तिमा पाँच वर्षको सम्झौतापत्र, गोठसहित गाईधनी देखिने गरी खिचिएका फोटो,वडा कार्यालयको सिफारिससहित निवेदन पेश गर्नुपर्नेछ ।
गाउँपालिका प्रमुख प्रकाश तिवारीले गाईपालनलाई आत्मनिर्भरता र आयआर्जनसँग जोड्ने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । “गहुँत, गोबर, दुध तथा धार्मिक प्रयोजन सबैमा गाईको महत्व छ । त्यसैले पालिकाले गाईपालकलाई प्रोत्साहित गर्दै संरक्षणमा जोड दिएको हो,” उहांले भन्नुभयोे । भैँसी र बाख्रालगायतमा दिइँदै आएको प्रतिशतको आधारमा अनुदान प्रभावकारी नभएकाले गाईपालनमा प्रत्यक्ष प्रोत्साहन दिने विधि अपनाइएको उहांले उल्लेख गर्नुभयोे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


