सडक महोत्सव मनाउन वालिङमा सार्वजानिक बिदा ।

वालिङ :
प्रथम सडक खाना महोत्सवको अन्तिम दिन यही मंसिर १९ गते वालिङ नगरपालिकाले सार्वजानिक बिदा दिएको छ ।  बुधबारदेखि सुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको अन्तिम दिन शुक्रबार नगरपालिकाले सार्वजानिक विदा दिएको हो ।
सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबार सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरिएको पालिकाले सूचना निकालेर जानकारी गराएको हो ।
Facebook Comments Box
TOP