वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
वालिङ:
वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागी खेलकुद” भन्ने नाराका साथ बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वालिङ ८ खेलमैदानमा शुरु भएको हो । प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले जनप्रतिनिधि शासक नभई सेवक भएको बताउनुभयो ।
वालिङ नगरपालिका निर्वतमान उपप्रमुख समेत रहनुभएकी तिवारीले वालिङलाई सुन्दर र सभ्य शहरको रुपमा स्मार्ट सिटिको अवधारणा आफ्नो कार्यकालमा शुरु गरिएको भन्दै यसलाई पुर्णता दिन वर्तमान जनप्रतिनिधिहरु पनि प्रयत्नशिल रहेको बताउनुभयो । लामो संर्घष र बलिदानीले ल्याईएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली आँफैमा खराब नरहेको भन्दै विधिमाथि कसैले औँला उठाउन नसक्ने बताउनुभयो । विधि र पद्धति चलाउने व्यक्ति खराब भएको खण्डमा नागरिकले उनीहरुलाई बहिस्कार गर्न सक्ने भन्दै वालिङको समग्र विकासमा यहाँका नागरिक समाज, राजनितिक दल, जनप्रतिनिधि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
सिंगो वालिङको विकासका लागी सबै एकजुट हुनुपर्ने भन्दै खेल तथा खेलाडिको विकासका लागी वालिङ नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख कृष्ण खांणले बताउनुभयो । कार्यक्रममा संस्थागत विद्यालयहरुको तर्फबाट पायोनियर माविका प्रधानाध्यापक मेघराज गैह्रे, सामुदायिक विद्यालयहरुको तर्फबाट सरस्वति माविका प्रअ यामबहादुर कुँवरलगायतले बोल्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागतसंगै शुरु भएको कार्यक्रम नगरप्रमुख खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षा अधिकृत गिता पाठकले गर्नुभएको थियो । २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागि हुने प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागी प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन कबड्डी, छात्रछात्रा दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


