जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
स्याङ्जा :
जापान सरकारले स्याङजाको वालिङ नगरपालिकालाई अत्याधुनिक उपकरण सहितको दमकल उपलब्ध गराएको छ ।
आगलागी नियन्त्रण, उद्धार कार्य र आपतकालीन सेवा सुदृढीकरणका लागि भन्दै वालिङ् सहित देशभरका १२ वटा स्थानीय तहलाई अत्याधुनिक दमकल (फायर ट्रक) हस्तान्तरण गरेको हो ।
दमकलमा पानी र रासायनिक दुवै पदार्थ प्रयोग गर्न सकिने सुविधा रहेको छ । जापान सरकारको “ग्रान्ट असिस्टेन्स फर ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)” कार्यक्रम मार्फत उपलब्ध गराइएको हो ।
भोलिन्टियर कर्भस नेपाल र युनाइटेड मिसन टु नेपाल नामक दुई गैर–सरकारी संस्था मार्फत दमकल प्राप्त गर्न सहयोग पुगेको बताइएको छ । करिब एक करोड बराबरको मूल्य रहेको दमकल सशस्त्र प्रहरी बल नेपाल नं. १९ हेडक्वाटरबाट हस्तान्तरण गरिएको थियो ।
जापान सरकारको सहयोगले नेपालमा आपतकालीन सेवामा सहज पुग्ने र क्षति हुनबाट जोगाउने भोलिन्टियर कर्भस नेपालका अध्यक्ष दीपक चापागाईको भनाई छ । बसोबास भएका बजार क्षेत्र लगायत ठूल्ठूला उद्योग, पेट्रोलपम्प र आवासीय क्षेत्रमा लाग्ने आगलागी नियन्त्रणमा समेत छिटो छरितो र प्रभावकारि हुने उहाले बताउनुभयो ।
वालिङ्मा दमकलको अभाव भएकै बेला सुबिधासम्पन्न दमकल प्राप्त भएपछि नगरप्रमुख कृष्ण खाँणले जापान सरकार र परियोजना साझेदार संस्थाप्रति धन्यवाद ब्यक्त गर्नुभयो । “यो दमकल केवल वालिङ नगरपालिकाभित्र मात्र सीमित रहने छैन । आवश्यक पर्दा यसलाई छिमेकी गाउँपालिका र जिल्लामा समेत परिचालन गर्नेछौं ।” प्रम्ुख खाँणले जानकारी गराउनुभयो ।
सन् १९९१ देखि सञ्चालनमा आएको जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) कार्यक्रमले नेपालमा हालसम्म २ सय भन्दा बढी परियोजना कार्यान्वयन गरिसकेको छ । ती परियोजनाहरूमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा विस्तार, खानेपानी प्रणालीसुधार, सडक निर्माण, र आपतकालीन सेवाको सुदृढीकरण जस्ता क्षेत्रमा जापान सरकारको सहयोग रहँदै आएको छ ।
नगरपालिकाहरूले अब आगामी वर्षदेखि दमकल सञ्चालन र मर्मतका लागि आवश्यक बजेट छुट्याउने, चालक र प्राविधिक तालिमदिने, र आपतकालीन तयारी योजनालाई संस्थागत रूप दिने योजना अघि सारेका छन् ।
कोशी, लुम्बिनी, मधेश, बागमती र गण्डकी प्रदेश अन्र्तगतका १२ वटा नगरपालिकालाई दमकल उपलब्ध गराइएको छ । गण्डकी प्रदेश अन्र्तगत वालिङले मात्र सो दमकल प्राप्त गरेको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


