संवादबाट नै समाधान खोज्न सङ्घीय सांसद राजु थापाको अपिल ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा सङ्घीय सांसद राजु थापाले संवादबाट समाधान खोज्न आग्रह गर्नु भएको छ ।
बिहिबार अपिल जारी गर्नु हुँदै थापाले यस्तो अपिल गर्नु भएको हो ।
उहाँको अपिलमा भनिएको छ,“ गत भाद्र २३ र २४ गतेका दिन Gen-Z युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
उक्त आन्दोलनका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको भौतिक आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दै स्वास्थ्य लाभको कामना गर्दछु ।
यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरी “नेपालको संविधान–२०७२ “को रक्षार्थ संवादबाट नै समाधान खोज्न आग्रह गर्दछु ।
नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछु ।”

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP