कृषि उत्पादन र बजारीकरणका लागि ‘मूल्य श्रृङ्खला परियोजना’ सुरु
राधाकृष्ण डुम्रे,
वालिङ : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कृषि उत्पादन र बजारीकरणका लागि ‘कृषि मूल्य श्रृङ्खला विकास परियोजना’ सुरु भएको छ ।
गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालसँग मिलेर मूल्य श्रृङ्खला परियोजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले उत्पादनसँगै बजारको व्यवस्थित च्यानल निर्माणका लागि नयाँ काम सुरु गरेको हाैँ ।” कार्यक्रम सञ्चालन पश्चात कृषि उत्पादनले बजार नपाएको भन्ने कृषकको गुनासो हट्ने उहाँको भनाइ छ ।
परियोजनाको बजेट ८५ लाख रुपियाँ रहेको छ । जसमा पैतालिस लाख रुपियाँ गाउँपालिकाले र ४० लाख रुपियाँ हेफर प्रोजेक्टले साझेदारी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो ।
परियोजना एक वर्ष अर्थात् आगामी २०८३ असार मसान्त सम्म सञ्चालन हुने उपाध्यायले जानकारी दिनुभयो । स्थानीय उत्पादनको मूल्य श्रृङ्खलाको स्तरोन्नति गर्दै व्यावसायिक कृषि तथा पशु पालनमा आबद्ध कृषक परिवारहरूको वार्षिक आम्दानीमा वृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य रहेको हेफर प्रोजेक्ट नेपालका राष्ट्रिय निर्देशक डाक्टर तिर्थराज रेग्मीले जानकारी दिनुभयो ।
परियोजनाले कृषकको जीविकोपार्जनमा सुधार गर्नुका साथै आर्थिक रूपमा समेत सवल बनाउँदै लैजाने उहाँको भनाइ छ । देशका विभिन्न पालिकाहरूसँग मिलेर उत्पादन र उपादकत्व बढाउने काममा सहकार्य गर्दै आएको डा.रेग्मीले जानकारी दिनुभयो ।
कालीगण्डकी गाउँपालिकामा रहेका कृषकहरूलाई समूह र सहकारीमा आबद्ध गराउँदै सामाजिक पूँजीको अभिवृद्धि गर्ने योजना रहेको अध्यक्ष थापाले बताउनु भयो ।
उहाँका अनुसार उत्पादन प्रविधिहरूमा कृषकहरुको पहुँच अभिवृद्धि गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु पालिकाको तत्कालको योजना हो । कृषि तथा पशुको आपूर्ति श्रृङ्खलालाई व्यवस्थित गर्नुका साथै संलग्न कृषकहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सफल हुने उहाँको बुझाइ छ ।
कृषकको बजारमा सहज पहुँच नहुँदा समस्या भएको भन्दै अध्यक्ष थापाले भन्नुभयो, “कृषि उपज सङ्कलन तथा प्रशोधन केन्द्रको व्यवस्थापन मार्फत कृषकहरूको बजार पहुँच अभिवृद्धि गर्ने योजना छ ।”
गाउँपालिकाले यस अघि सञ्चालन गरेको ‘कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता परियोजनाको सफलता पछि नयाँ कार्यक्रमको सुरुवात् भएको हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बिष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पालिका र हेफरको झण्डै बराबर साभेदारी हुने गरी सुरु गरिएको परियोजनाको गाउँपालिकाका अध्यक्ष थापा र हेफर प्रोजेक्टका राष्ट्रिय निर्देशक तीर्थ राज रेग्मी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


