स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
स्याङजा :
स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा नगर स्याङ्जाको भीरकोट नगरपालिका गण्डकी प्रदेशमा नगरपालिका मध्ये पहिलो बनेको छ । आर्थिक वर्ष २०८०/०८१ मा भीरकोट सम्पूर्ण पालिका मध्ये गण्डकी प्रदेशमा दोश्रो बन्न सफल भएको हो ।
भीरकोटले ८८ दशमलब २५ प्रतिशत अंक पाएको छ । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनका आधार हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार भीरकोट नगरपालिका गण्डकी प्रदेशमै उत्कृष्ट देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र पहिलो भएको छ । अर्जुनचौपारीले ८८ दशमलब ७५ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो भएकोे हो । स्याङ्जाकै भीरकोट नगरपालिका गण्डकी प्रदेशमा दोस्रो भएको छ ।
गण्डकीमा पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् । यस्तै, ४१ पालिकाले ८० प्रतिशत अंक कटाएका छन् । पोखरा महानगरपालिकाले ८३.५ प्रतिशत अकं ल्याएको छ ।
नगरपालिकातर्फ गोरखाको पालुङटार ८७.७५ प्रतिशत अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७.७५ प्रतिशत अंक सहित तेस्रो भएको छ । समग्र पालिकाहरुमा पालुङटार नगरपालिका प्रदेशमा चौथो र भीमसेन थापा नगरपालिका पाँचौ भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


