वालिङ नगरपालिकाको १ अर्ब ५ करोडको बजेट सार्वजनिक
वालिङ :
पिङ्क सिटी वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित १ अर्ब ५ करोड ७६ लाख ९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख कविता तिवारी गैह्रेद्वारा नगर सभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
नगरले आगामी वर्ष ६ करोड ५० लाख रुपैयाँ आन्तरिक स्रोतबाट आय हुने अनुमान गरेको छ। विभिन्न दायित्व कट्टा गरेपछि बाँडफाँड योग्य बजेट २२ करोड ४८ लाख २३ हजार ७६४ रुपैयाँ रहेको जनाइएको छ। उक्त रकमलाई पाँच मुख्य विकास क्षेत्रअनुसार विभाजन गरिएको छ।
बजेटको ३० प्रतिशत रकम, अर्थात् ६ करोड ७४ लाख ४७ हजार १२९ रुपैयाँ आर्थिक विकासमा विनियोजन गरिएको छ। यस अन्तर्गत कृषिमा प्राविधिक सेवा, उत्पादनमा आधारित अनुदान, कृषि उपज संकलन केन्द्र स्थापनाजस्ता कार्यक्रम समावेश गरिएका छन्।
त्यस्तै, सामाजिक विकासमा २५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५ हजार ९४१ रुपैयाँ छुट्याइएको छ। सामुदायिक विद्यालयलाई आवासीय बनाउने, बाल विकासदेखि कक्षा १० सम्म एउटै रंगको पोशाक वितरण, नगरबस सञ्चालन, “बुक फ्री फ्राइडे” कार्यक्रम तथा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ। स्वास्थ्यतर्फ “म स्वास्थ्य, मेरो नगर” कार्यक्रम अन्तर्गत घरदैलोमै सेवा पुर्याउने र विद्यालय नर्स कार्यक्रमलाई अघि बढाइनेछ।
पूर्वाधार विकासका लागि पनि ३० प्रतिशत अर्थात् ६ करोड ७४ लाख ४७ हजार १२९ रुपैयाँ विनियोजन गरिएको छ। यस अन्तर्गत सडक, खानेपानी, भवन तथा अन्य भौतिक संरचना निर्माणमा खर्च गरिनेछ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १० प्रतिशत अर्थात् २ करोड २४ लाख ८२ हजार ३७६ रुपैयाँ र प्रशासनिक सुशासनमा ५ प्रतिशत अर्थात् १ करोड १२ लाख ४१ हजार १८८ रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले विकासका प्रमुख क्षेत्रलाई सन्तुलित रूपमा समेट्दै समावेशी, उत्तरदायी र दिगो विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


