पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले कारागारभित्रै रहे पनि आफ्नो पार्टीको सभापति रवि लामिछाने नै हुने दाबी गर्नु भएकाे छ

स्याङ्जाको वालिङ नगर समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएकाे हाे ।

आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हुने र ०८४ मा सबैभन्दा ठूलो दल भएको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार पनि रवि नै हुने उहाँकाे जिकिर छ ।

‘रवि लामिछानेलाई यिनिहरूले कारागारमा राखे पनि हाम्रो पार्टी सभापति रवि लामिछाने नै हो,’ वाग्लेले भन्नुभयाे, ‘०८४ मा हामीले बहुमत ल्यायौं भने वा सबैभन्दा ठूलो पार्टी भयौं भने, हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो ।’

सत्तारुढ दलहरूलाई अदालतमै अल्झाइदिन सकिन्छ भन्ने लागिरहेको उहाँले बताउनु भयाे । साथै, चाँडै सभापति लामिछाने जेल सरुवा भएर काठमाडौं आउने तयारी रहेको जानकारी दिनुभयाे  ।

‘उनीहरूलाई लाइरहेको छ, अदालतमै अल्झाइदिऔं । रवि लामिछाने हराउँछन् भन्ने उनीहरूलाई लागिरहेको छ,’ वाग्लेले भन्नुभयाे ‘अब उहाँ काठमाडौं आउँदै हुनुहुन्छ । हाम्रो संवाद र रणनीति झनै बाक्लो हुनेछ ।’

कार्यक्रममा केन्द्रिय मनाव संसाधन तथा विभागका सदस्य दिनेश तिवारी दिनकर नेपाल, केन्द्रिय सदस्य मेघ बहादुर आले, केन्दिय सदस्य कुसुम महर्जन, गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठी, कृष्ण प्रसाद लम्साल, केन्द्रिय संगठन विभागका सदस्य झविलाल डुम्रे, बाग्मती प्रदेश पुर्व मन्त्री जिता बराल, केन्द्रिय प्रशिक्षक विभागका प्रमुख जगदीश शर्मा स्याङ्जा क्षेत्र नं २ का सघिंय उम्मेदवार टिकराज गुरुङ, वालिङ नगरपालिकाका सल्लाहकार तोयनारायण पौडेल, जिल्ला सभापति रुक्मागत भण्डारी लगायतले २०८४को चुनावमा परिवर्तनको घण्टी बजाउनका लागि सबैमा अनुरोध गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले शनिबार वडा भेला तथा अधिवेशन र खुल्ला सभा गरि दुई दुई सत्रमा कार्यक्रम गरेको हो । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका वालिङ नगर अध्यक्ष सुरेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकाश अर्यालले र स्वागत नगर उपसभापति पुष्पा अर्यालले गर्नुभएको थियो ।

विभिन्न वडाको अधिवेशन सम्पन्न ।

यसैबीच वालिङका विभिन्न वडाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला तथा वडा अधिवेशन समेत सम्पन्न भएको छ । वालिङका १, २, ४ र १४ मा वडा भेला गरिएको हो भने वालिङ ९ नं वडामा वडा अधिवेशन गरिएको छ । वालिङ १४ मा गरिएको भेलाले सुर्य प्रसाद डुम्रेको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपासभापतिमा गम प्रसाद गैह्रे, सचिवमा श्याम खाँण, कोषाध्यक्षमा पार्वती डुम्रे रहनुभएको छ भने सदस्यमा सन्तोष डुम्रे, तेज प्रसाद तिवारी र प्रकाश पंगेनी रहनुभएको छ ।
यस्तै वालिङ १ मा गरिएको भेलाले भवानी प्रसाद ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपसभापतिमा भेषराज रेग्मी रहनुभएको छ भने सदस्यमा वाशुदेव रेग्मी, कृष्ण हमाल, दिपक काफ्ले, हेम कुमारी काफ्ले र सगुन शाही रहनुभएको छ ।

त्यस्तै वालिङ २ मा गरिएको भेलाले अमृत आलेको संयोजकत्वमा वडा समिति गठन गरिएको छ । उपसभापतिमा श्याम बहादुर एस.के, सचिवमा मोहन राना रहनुभएको छ भने सदस्यमा पितम बहादुर खड्का, अनिता सार्की र सम्भर बहादुर बुढाथोकी रहनुभएको छ ।
यस्तै वालिङ ४ मा गरिएको भेलाले शेर बहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपसभापतिमा कोपिला खनाल, सचिवमा रोहित गुरुङ रहनुभएको छ भने सदस्यमा खेम बहादुर राना, राजु सुवेदी प्रकाश खनाल र देउ बहादुर गुरुङ रहनुभएको छ ।
वालिङ ९ मा गरिएको वडा अधिवेशनले भुपराज डुम्रेको संयोजकत्वमा वडा समिति गठन भएको छ । जसको उपसभापतिमा पवित्रा रावत क्षेत्री, सचिवमा नविन प्रसाद पंगेनी रहनुभएको छ भने सदस्यमा धन बहादुर कुँवर, लेखनाथ भट्टराई, महेश श्रेष्ठ, राधादेवी थापा, राजन श्रेष्ठ, अपसरा देवी र अनु कुँवर रहनुभएको छ ।

 

Facebook Comments Box
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि

प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…

TOP