ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी तालिम

वालिङ :
स्याङ्जाको वालिङमा ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी १० दिने तालिम शुरु भएको छ । ब्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि ब्युटिसियसन सम्बन्धी सिप विकास तालिम अन्र्तगत नेल आर्ट तालिमको शुभारम्भ भएको हो । तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले उद्यमशीलताको विकासका लागी नगरपालिका योजनावद्ध ढंगले अगाडि बढेको बताउनुभयो ।
विषेश गरी महिलाहरुलाई उद्यमशीलतासंग जोड्नका लागी सिपमुलक तालिम प्रदान गर्ने, आवश्यक प्राविधिक सहयोग पनि नगरपालिकाले गर्ने भन्दै उद्यम तथा उद्यमशीलताको पक्षमा नगरपालिका सँधै सकरात्मक रहेको प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले नगरपालिकाले सौन्दर्यकला सिप विकासका लागी यो पहिलो पटक बजेट विनियोजन गरी तालिमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसी, ब्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गालगायतले सिप विकास तालिमले उद्यमशीलतामा थप उर्जा थप्ने बताउनुभयो । कार्यक्रममा ब्युटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङले समग्र ब्युटिसियनहरुको दक्षता तथा क्षमता विकास गरी थप व्यवसायिक रुपमा अगाडि बढाउन संस्थाले आगामि दिनमा थप कार्यक्रमको आयोजना गर्दै जाने बताउनुभयो ।
कार्यक्रम अध्यक्ष गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य मन्जु भण्डारी, संचालन सचिव नबिना गुरुङ र धन्यवाद निर्वतमान अध्यक्ष पुष्पा अर्यालले गर्नुभएको थियो । नगरपालिकामा दर्ता भएका २० ब्युटिपार्लरका २० जना ब्युटिसियनहरुको सहभागिता रहेको तालिममा ब्युटिसियन संगिता गुरुङले प्रशिक्षण दिनुभएको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…