वालिङ : क्षयरोग संक्रमित बिरामीलाई पौष्टिक आहार प्रदान
वालिङ :
स्याङ्जाको वालिङमा क्षयरोग संक्रमित बिरामीलाई बुधबार पौष्टिक आहार प्रदान गरिएको छ । वालिङ नगरपालिका वडा नं १४ मा क्षयरोगीका एक बिरामीलाई पौष्टिक आहार प्रदान गरिएको हो । वालिङ गह्रौ प्राथमिक अस्पताल वा अन्य अस्पतालहरुमा खकार परिक्षण पश्चात टि.भी देखिएका बिरामीले औषधी सेवन शुरु गरेपछि सरकारको फुड बास्केट कार्यक्रम अन्र्तगत बिरामीलाई मासिक ३ हजार बराबरको पौष्टिक आहार प्रदान गरिने थुमपोखरा स्वास्थ्य चौकीका प्रमुख लालकृष्ण कोईरालाले बताउनुभयो । प्रमुख कोईरालाका अनुसार उक्त बिरामीले जेठ बाट औषधी सेवन गरेको र असारबाट पौष्टिक आहार प्रदान गरिएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष बोधराज कुँवर राजुले क्षयरोग एक संक्रामक रोग हो यसले शरीरलाई कमजोर बनाउने हुँदा यस रोगबाट ग्रसित बिरामीहरुको सफल उपचारका लागि औषधीका साथ साथै पौष्टिक आहारको पनि उत्तिकै महत्वपुर्ण भूमिका हुने भएकाले पौष्टिक आहार प्रदान गरिएको बताउनुभयो । साथै उहाँले नगरपालिकाले ३ हजार बराबरको अण्डा, चामल सर्वोतम पिठो, बदाम तेल लगायतका सामाग्री उपलब्ध गराउने र सोही सामाग्री बिरामीलाई प्रदान गरिने बताउनुभयो । उहाँले क्षयरोगको लक्षण देखिएमा वा रोग लागेमा नलुकाई उपचार गराउन सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


