भीरकोटमा कृत्रिम बुद्धिमता( एआई) तथा सूचना प्रविधि सम्बन्धी तालिम

वालिङ :
भीरकोटमा कृत्रिम बुद्धिमता आर्टीफिसीयल इन्टेलिजेन्स ( एआई) तथा सूचना प्रविधि सम्बन्धी तालिम भीरकोटमा सम्पन्न भएको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो,भन्ने मूल नाराका साथ स्थापना भएको भीरकोट जेसीजको आयोजना तथा भीरकोट नगरपालिका, अर्जुन चौपारी गाउँपालिका र वाइफाइ नेपालको सहयोगमा दुई दिने कार्यशाला सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सूचना प्रविधिको अहिलेको आधुनिक समयमा अत्यन्त सान्दर्भिक कार्यक्रम राखेकोमा भीरकोट जेसिज परिवारलाई धन्यवाद दिँदै जेसीजले गर्ने सामाजिक कार्यहरूमा नगरपालिकाको सदैव सहयोग रहिरहने जानकारी गराउनुभयो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे र प्रशिक्षक सुजन अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यकारिणी उपाध्यक्ष जगदिश अर्यालको मिशन भिजन वाचन,उपाध्यक्ष उमेश अर्यालको आस्था पाठ वाचन ,उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल,भाग्योदय माविका प्रधानाध्यापक श्री रेशम खनाल,भीरकोट वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै कार्यक्रममा कार्यक्रमको औचित्य तथा जेसीजका विषयमा पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी गराउनु भएको थियो ।
असार ६ र ७ गते गरी दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमको समापनका अवसरमा बोल्दै भीरकोट निवर्तमान नगर प्रमुख छायाँराम खनालले भीरकोटमा जेसीजको स्थापना गर्न आफूले निकै ठूलो पहल गरेको हुँदा यसको उत्तरोत्तर प्रगतीको लागि सदैव लागिरहने बताउनुभयो । अर्जुन चौपारी गाउँपालिका र भीरकोट नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी तथा विभिन्न विद्यालयका शिक्षक गरी ९५ जना सहभागी रहेको उक्त कार्यक्रमको समापन गर्दै जेसीजका अध्यक्ष खनालले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै मानवताको सेवामा जीवन्त लागिरहने बताउनु भयो।
भीरकोट जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी शिव प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष जेसी रिबन कुमार विश्वकर्माले स्वागत, भीरकोट जेसीजका महासचिव जेसी विनोद अधिकारीले सञ्चालन गर्नुभएको थियो । भरत खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने जेसी विजय गुरुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…