फागुन २१ वाट वालिङमा पिंक सिटी महोत्सव, तयारी अन्तिम चरणमा ।

वालिङ :

 स्याङ्जाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको वालिङमा सन्चालन हुने प्रथम पिंक सिटी महोत्सवको तयारी तिव्र परिएको छ । यही फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सन्चालन हुने महोत्सवको तयारी झण्डै ७५ प्रतिशत तयारी पुरा गरिएको शुक्रवार वालिङ खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

वालिङ ८ खेलमैदानमा सन्चालन हुने महोत्सव वालिङ चेम्वर अफ कमर्सद्घारा आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा महोत्सव आयोजक वालिङ चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपानेले व्यावसायलाई चलायमान गराउन महोत्सव आयोजना गरिएको वताएका छन् । यस महोत्सवले यस क्षेत्रका व्यवसायीहरूको संरक्षण, संम्वद्र्धन र विकास गरी व्यवसायी र ग्राहकहरूमा एकता र मैत्रीपूर्ण भावनाको वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको उनको धारणा थियो ।

कृषि, शैक्षिक, धार्मिक, पर्यटन र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर वालिङ र आसपासका क्षेत्रमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, सांस्कृतिक कार्यक्रम सहित, डान्स आईडल, अन्तर पालिका भलिवल प्रतियोगिता, टिकटक प्रतियोगिता, कविहरुको काव्य गोष्ठी, आँधीखोलामा ताल निर्माण गरी स्टीमरमा जलविहार, बालउद्यान, विभिन्न जातजातिहरूको संस्कृति झल्किने गरी भेषभुषा तथा झाँकी प्रदर्शन लगायत महोत्सवका आकर्षणहरु रहेको महोत्सव आयोजक समितीका महासचिव तथा प्रचार प्रसार संयोजक गणेश राउत क्षेत्रीले जानकारी दिएका छन् ।

महोत्सवमा टिकटक प्रतियोगिताले थप रौनक थप्ने आयोजकले दावी गरेका छन् । टिकटक प्रतियोगितामा महोत्सव स्थलमा निर्माण गरिएको टिकटकको भ्यूजका आधारमा प्रथम, दित्तिय र तितृय छनौट गरिने छ । जसको पुरस्कार प्रथमलाई १५ हजार , दित्तियलाई १० हजार र तितृयलाई ५ हजार दिइने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

’आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवमा २ सय ५० व्यावसायिक स्टल सहित कृषि र पर्यटन सम्वन्धी फोटो प्रर्दशनीका स्टलहरु रहने छन् । महोत्सवमा जेष्ठ नागरिक, ५ वर्ष मुनीका बालवालिका, एकल महिला र भिन्न क्षमता भएका मानिसलाई प्रवेश निशुल्क गरिएको छ ।

 

Facebook Comments Box
TOP