पिंक सिटी महोत्सव आज देखी शुरु हुँदै, तयारी पुरा ।

वालिङ :
प्रथम पिंक सिटी महोत्सव आजदेखी सुुरु हुँदै छ । महोत्सवको तयारी पुरा भएको आयोजक वालिङ चेम्बर अफ कमर्सले जनाएको छ ।
वालिङ खेल मैदानमा हुने महोत्सवको आज भव्य कार्यक्रमका बीच उद्घाटन हुने कमर्सका महासचिव गणेश राउतले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन पुर्वमन्त्री पदमा कुमारी अर्यालले गर्नुहुने भएको छ । यस अघि उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी आउने भनिएपनि उहाँ नआउने पक्कापक्की भएपछि अर्यालले महोत्सवको उद्घाटन गर्न लाग्नु भएको हो ।
महोत्सव स्थलमा तारबार गर्ने, बाल उद्यान निर्माण, स्टल निर्माण, मञ्च निर्माणलगायतका तयारी समेत पुरा भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उहाँले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुहुँदै महोत्सव सफल बनाउनका लागि सवैमा अनुरोध गर्नु भएको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
महोत्सवमा २५० स्टल छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेको छ । महोत्सव चैत ३ गते समापन हुनेछ ।

Facebook Comments Box
TOP