सरकार लगानीमैत्री वातावरण बनाउँन सक्रिय : पूर्व मन्त्री अर्याल ।
वालिङ :
पूर्व मन्त्री पद्माकुमारी अर्यालले लगानीमैत्री वातावरण तयार गर्न बर्तमान् सरकार लागि परेको बताउनु भएको छ । ऐननियममा भएका बाधाहरुलाई हटाएर लगानीमैत्री वातावरण बनाउन लागिएको उहाँको भनाई छ ।
बुधबारबाट स्याङ्जाको वालिङमा सुरु भएको प्रथम पिङ्क सिटी महोत्सव २०८१ को बुधबार उद्घाटन गर्नुहुँदै अर्यालले लगानी बिना आर्थिक रुपमा सवल हुन नसकिने स्पष्ट पार्नु भयो ।
नेकपा एमालेकी केन्द्रीय सचिव समेत रहनु भएकी अर्यालले स्थायीत्व र प्रगतीको लागि एमाले कांग्रेस मिलेर सरकार बनाएको दावी गर्नु भयो । उहाँले भन्नुभयो,“बलियो सरकारले विगतका अधुरा कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउँदै छ।”
नेपालको लागि समृद्धिको आधार कृषि भएको बताउँदै अर्यालले कृषि,पर्यटन जस्ता क्षेत्रको विकासले मात्रै नेपालको अर्थतन्त्रमा सुधार आउने स्पष्ट पाुर्न भयो ।
बर्तमान् सरकारको प्राथमिकतामा सिद्धार्थ राजमार्ग रहेको भन्दै अर्यालले राजमार्गको स्त्तरोन्नतीका लागि सरकार जुटेको बताउनु भयो ।
कालीगण्डकी करिडोरलाई स्याङ्जामा जोड्न पहल भईरहेको अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो,“पाल्पाको रामपुरबाट चापाकोट–वालिङ–पर्वतको रानीपानी जोड्ने योजना छ ।” यो सडक छोटो हुने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री सरस्वती अर्याल तिवारी,नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति केदार काफ्ले,नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विश्वास भण्डारी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे,वालिङ नगरपालिकाका मेयर कृष्ण खांण लगायतले बोल्नु भएको थियो ।
बुधबारबाट सुरु भएको महोत्सवमा २५० स्टल रहेका छन् । महोत्सव अवधिभर कूल पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको महासचिव गणेश राउतले जानकारी दिनुभयो ।
दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान उहाँको छ । महोत्सवमा ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेको छ । महोत्सव चैत ३ गते समापन हुनेछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


