वालिङका बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी स्थलगत तालिम
सुशील सुवेदी/स्याङ्जा :
वालिङ नगरभित्र व्यवसायिक बंगुर पालन गर्दै आएका किसानलाई लक्षित गर्दै जैविक सुरक्षा सम्बन्धी एक दिने स्थलगत तालिम नगरको सभाहलमा सम्पन्न गरिएको छ ।
नगरभित्र रहेका सक्रिय ३५ व्यवसायीक फर्म र ५ वटा समुह हरुलाई संक्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
पछिल्लो समय स्याङ्जाको केही बंगुर फर्ममा महामारीको रुपमा अफ्रिकन स्वाइन फिवर रोग देखिएपछि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठको भनाई छ ।
जिल्लामा यही रोगको कारण झण्डै आधा दर्जन बंगुर मरेपछि यसको संक्रमण अन्यत्र हुन नदिन बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो ।
जिल्लाका बंगुर फर्मका किसानहरुलाई खोरेँत , स्वाइन फिवर , अफ्रिकन स्वाइन फिवर , आन्तरिक परजीवी र बाह्य परजीवी जस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको किसानको गुनासो छ ।

हालसम्म अफ्रिकन स्वाइन फिवरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित नभईसकेको हुँदा रोकथाम नै उक्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले बताए ।
बाहिर बाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरु बंगुरले बोकेर आउने गरेको छन् ।
संक्रमित बंगुरहरुमा कडा ज्वरो आउने , खाना नखाने , बान्ता हुने , पखाला लाग्ने , शरीरभरि रातो धब्बा देखिने जस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खवर गर्न पशु चिकित्सकले अनुरोध गरेका छन् ।
संक्रामक रोगले बंगुरको उच्च मृत्यू दर रोकथाम गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिका स्तरीय कार्यक्रम संचालन गर्दै आएको छ ।
वालिङ नगरलाई बंगुरको मासु तथा पाठा पाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको नगरप्रमुख कृष्ण खाँणले बताए । नगर प्रमुख खाँण भन्छन् , “बाहिर बाट रोग बोकेर आउने बंगुर रोकथाम गर्दै यहीँको बंगुर लाई प्राथमिकतामा राख्ने नीति बनाउँदैछौँ । यसको लागि बंगुर पालक किसान उत्साहित भएर संख्या वृद्धि गर्नुहोस् , बाहिरको आयात नियन्त्रण हुन्छ । ”
वालिङ नगरभित्र बंगुर पालनमा सक्रिय किसानलाई व्यवसाय वृद्धि गर्न बिउ पुँजीको रुपमा आर्थिक सहयोग गर्न नगर तत्पर रहेको नगर उपप्रमुख कविता गैह्रेले बताईन् ।
बंगुर पालक किसानको जोखिम कम गर्न इन्सुरेन्स कम्पनीले पनि सहकार्य गर्ने शिखर इन्सुरेन्स प्रवन्धक शंकर सुवेदीले बताए ।
यदि नगरले बाहिरबाट हुने आयात बन्द गर्न सक्ने हो भने वालिङ नगर बंगुरमा आत्मनिर्भर बन्ने मात्र होईन बंगुर व्यवसाय अर्थतन्त्रको राम्रो मेरुदण्ड बन्न सक्नेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


