रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
स्याङ्जा :
प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस स्याङ्जा जिल्ला शाखाको ४० औं बार्षिक सधरणसभा तथा जिल्ला अधिवेसनको उदघाटन गर्दै सांसद थापाले सो कुरा बताउनु भएकाे हाे । दैवी प्रकोप जस्ता घट्नामा बिना बजेट सहयोग गर्दै आएको रेडक्रसको पछिल्लो समय महत्व बढ्दै गएको बताउनु भयाे । प्राकृतिक विपत्ती र जलवायु परिवर्तनले मानव सभ्यतालाई बचाउन निकै चुनौती छ सांसद थापाले भन्नुभयाे,‘यस्ता चुनौतीलाई रेडक्रस जस्ता संस्थाले बचाउन भुमिका खेल्नुपर्छ ।’ मानविय संरक्षण र मानविय सभ्यता जोगाउनु अहिले आवश्यकता हो सांसद थापाले थप्नुभयाे ।
सरकारले पुर्व तयारी नगर्दा धेरै मानविय सगै धनमालको क्षती भोग्नुपरेको बताउदै सांसद थापाले रेडक्रस जस्ता संस्थालाई विपद्मा प्रयोग गर्नेगरी कार्ययोजना बनाउनुपर्ने बताउनु भयाे । प्रत्येक जिल्लामा रहेका रेडक्रसहरु संस्थामा विपत कोष व्यवस्थापन गर्नुपर्ने सुझाव सांसद थापाले दिनुभयाे । २०२८ सालमा स्याङ्जामा रेडक्रस जस्तो पवित्र संस्था स्थापना गर्न खेलेको भुमिकामा अग्रजहरु प्रति स्मरण गर्दै सांसद थापाले मानविय संवेदनाशिलतामा सहयोगी भुमिका खेल्ने संस्थाहरुमा राजनीति गर्न नहुने बताउनु भयाे ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहेका सांसद थापाले दुई ठुलादल मिलेर सरकार संचालन गरेको बिषयमा शंका नगर्न सबैमा आग्रह गर्नु भयाे । निराशाका बिच यो सरकार आएको बताउदै सांसद थापाले आगामी आम निर्वाचन २०८४ सम्म केहीन केही सुशासनका कामहरु हुने विश्वास दिलाउनु भयाे । स्याङ्जाको विकास निर्माणमा धेरै कामहरु भएको फेहररिस्ता बताउदै सांसद थापाले जिल्ला बनाउन सबै राजनीतिकदल, सामाजिक व्याक्तिहरु एकठाउमा उभिनुपर्ने धारणा व्यक्त गर्नु भयाे ।
कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य कुँवर, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य हिरा शर्मा, नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे लगायतका बक्ताहरुले जिल्लाका विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भुमिकाको चर्चा गरेका थिए । जिल्ला सभापति दिनेश अर्यालको अध्यक्षमा सम्पन्न भएको उद्घाटन समारोहको संचालन उपमन्त्री खगेन्द्र अर्यालले गर्नु भएकाे थियाे ।
अधिशेनले नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


