रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
स्याङ्जा :
नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला अधिवेसनले पुन ः अर्यालको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेसनले महिला उपसभापतिमा लक्ष्मी थापा, उपसभापतिमा लक्ष्मीकान्त रेग्मी, मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा(गणेश), उपमन्त्रीमा राजेन्द्रदेव खनाल र उपकोषाध्यक्षमा अर्जुनकुमार पौडेललाई निर्वाचित गरेको छ ।
त्यसैगरी सदस्यहरुमा महिला सदस्य कल्पना पौडेल अर्याल, बिष्णु सुवेदी गैह्रे, नर्मदा अर्याल, सदस्यहरु चुडामणी रेग्मी, बिष्णुप्रसाद खनाल, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमलबहादुर खड्का र विश्वेश्वर गिरी निर्वाचित भएको निर्वाचन अधिकृत रामदत्त पौडेलले जानकारी दिए ।
निर्वाचित पदाधिकारीलाई शनिवार निर्वाचन समितिले पद तथा गोपिनियताको सपथ गराएका थिए । सपथसगै समितिले पदभारग्रहण समेत गरेर कार्य अगाडी बढाइएको बताइएको छ । सबैपदहरुमा सर्वसहमितकै आधारमा निर्वाचन सम्पन्न भएको समितिले जनाएको छ । जिल्ला अधिवेसनको संघिय सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले गरेका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


