प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल
स्याङ्जा :
प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौँ अधिवेसन तथा साधारणसभा सम्पन्न भएको छ । आईतबार पुतलीबजार स्थित सेतो गुराँसको सभाहलमा भएको अधिवेशनले खेमप्रसाद खनाल (केपी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।
अधिवेशनले सेन्टर स्याङ्जा शाखाको उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियारलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा उदयराज भण्डारी, कृति लम्साल, तुलसी पोख्रेल, शेर बहादुर थापा र इशिका गहतराज चयन भएका छन् । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ । समितिले आगामी तीन वर्ष सम्म का मगर्ने छ ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै निरन्तर उत्पीडित र सर्वहारावर्गको पक्षमा कलम चलाउन सुझाव दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्याङ्जा संयोजक लोकेन्द्र थापा मगर, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर केन्द्रीय सदस्य प्रतीक्षा काफ्ले, प्रेस सेन्टर स्याङ्जाका निवर्तमान अध्यक्ष नारायण विश्वकर्मा लगायतले आवाज विहिनको आवाज बनेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


