नेविसंघ वालिङ नगर सभापतिमा लामिछाने ।

वालिङ :
नेपाल विद्यार्थी संघ वालिङ नगरको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नेविसंघ वालिङ नगर सभापतिमा बादल लामिछाने सहित ५१ सदस्यीय समिति गठन गरिएको छ । नेविसंघ वालिङ नगर उपसभापतिमा यादव पौडेल, खगेन्द्र रेग्मी(सुरज), सचिवमा सगुन बुढाथोकी, साजन भुषाल, सह—सचिवमा जीवन पाठक, कोषाध्यक्षमा समुन्द्र काफ्ले र सह—कोषाध्यक्षमा सुमन अर्याल चयन भएका छन् ।
शनिवार भएको अधिवेसनमा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नेविसंघ काँग्रेस पार्टीको मेरुदण्ड भएको बताए । काँग्रेसलाई बलियो बनाउन नेविसंघको महत्वपुर्ण भुमिका रहने भएकाले संगठन बिस्तारमा लाग्न सभापति पाण्डेले सुझाव दिए । पार्टीलाई क्रियाशिलता बनाउन नेविसंघले पनि आफ्नो क्रियाशिलता बढाउन आवश्यक रहेको सभापति पाण्डेले बताए ।
नगर अधिवेसनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ्ले नेविसंघलाई सवल र अनुशासित बनाउन आवश्यक रहेको औल्याए । नेविसंघ बलियो नभएसम्म पार्टी बलियो नहुने भन्दै केन्द्रीय सदस्य गुरुङ्ले हरेक विद्यालय, क्याम्पसहरुमा पुगेर राजनीतिक प्रशिक्षणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा नवनिर्वाचित नेविसंघ वालिङ नगर समितिका सभापति बादल लामिछानेले नेविसंघ वालिङ बहुमुखी क्याम्पस इकाई समिति सगँ मिलेर नगर समितिले विद्याथीहरुलाई नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । नगरभित्रका सबै मावि र उच्च मावितहका विद्यालयमा पुगेर विद्यार्थीहरुका हकहितका काम सगै गुणस्तरीय शिक्षाका बिषयमा काम गर्ने सभापति लामिछानेले बताए ।
नेविसंघ वालिङ बहुमुखी इकाई समितिका सभापति निरज श्रेष्ठले नेविसंघ जहिले पनि नेतृत्व र व्याक्तित्व विकासका लागि खटिदै आएको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै सरकारले अब हरेक क्याम्पसमा व्यवसायीक सिप मुलक शिक्षा कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिए । नेविसंघ वालिङ नगर अधिवेसनमा नगरभित्रका युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP