वालिङ नगरपालिकामा आज शोक बिदा ।
वालिङ,कात्तिक २१ गते ।
स्याङजाको वालिङ नगरपालिका आज (बुधबार) बन्द हुने भएको छ । वडा सदस्यको मृत्युको शोकमा नगरपालिकाले विदा दिएको हो ।
वडा नम्बर ११ का सदस्य ५९ वर्षीय ताराप्रसाद पराजुलीको निधन भएको हो । पराजुलीलाई फोक्सोसम्बन्धी समस्या रहेको वडा अध्यक्ष डण्डपानी पंगेनीले जानकारी दिनुभयो ।
वडा सदस्यको शोकमा वालिङ नगरपालिकाभित्र रहेका नगर कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत बन्द रहने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान १० बजे नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा शोक शभा हुने छ । विद्यालयहरु भने खुला रहने बताईएको छ ।
वडा सदस्य पराजुलीको निधनले नगरपालिकालाई क्षती पुगेको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले बताउनु भयो । नेपाली कांग्रेसका स्थानीय नेता समेत रहनु भएका पराजुलीको निधन प्रति कांग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डेले दुःख व्यक्त गर्नु भएको छ ।
स्थानीय तहको चुनाव २०७९ मा वडा सदस्य निर्वाचित हुनु भएका पराजुली २०७४ को चुनावमा पनि वडा सदस्य निर्वाचित हुनु भएको थियो ।
स्वर्गीय पराजुलीको मङ्गलबार नै कालीगण्डकी तट राम्दीमा अन्तिम संस्कार गरिएको छ । पराजुलीका श्रीमती,चार छोरी र दुई छोरा रहनु भएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


