महिला फुटबल : आज वालिङ नगरपालिका र कोशी प्रदेश खेल्दै
एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा वालिङ नगरपालिका र कोशी प्रदेश खेल्दैछन् । खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा हुनेछ ।
लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टोली (सङ्कटा र बाग्मती), नगरपालिकाका दुई टोली (वालिङ र चन्द्रपुर नगरपालिका) तथा छनोट चरणका उत्कृष्ट तीन टोली (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयाे ।
तस्बिर : एन्फा महिला लिगमा भाग लिन जाँदै वालिङ नगरपालिकाको टोली । नगरपालिकाले सफलताको शुभकामना सहित विदाई गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


