महिला फुटबल : आज वालिङ नगरपालिका र कोशी प्रदेश खेल्दै
एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा वालिङ नगरपालिका र कोशी प्रदेश खेल्दैछन् । खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा हुनेछ ।
लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टोली (सङ्कटा र बाग्मती), नगरपालिकाका दुई टोली (वालिङ र चन्द्रपुर नगरपालिका) तथा छनोट चरणका उत्कृष्ट तीन टोली (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयाे ।
तस्बिर : एन्फा महिला लिगमा भाग लिन जाँदै वालिङ नगरपालिकाको टोली । नगरपालिकाले सफलताको शुभकामना सहित विदाई गरेको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…