गल्याङमा ‘गजल उत्सव २०८१’ सम्पन्न ।
गल्याङ :
स्याङ्जामा ‘गजल उत्सव २०८१’ सम्पन्न भएको छ । १५९ औं मोती जयन्तीको अवसर पारेर गल्याङ प्रज्ञा प्रतिष्ठान र गल्याङ नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
गजल विधाको बारेमा जानकारी कम रहेको भन्दै मोती जयन्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले बताउनु भयो । प्रतिष्ठानको स्थापना पछि गल्याङमा साहित्य सम्वन्धी गतिविधि बढेको उहाँको भनाई छ ।
गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराईले साहित्य र यसको महत्वलाई अझै बढाउन पालिकाले नीतिगत रुपमा नै काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक उपाध्यक्ष सुर्यप्रसाद डुम्रे, सचिव युवाकवि मिलन समीर,युवाकवि प्रेमबन्धु सुवेदी लगायतले मोतीराम भट्टको समग्र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । गजल उत्सवमा विभिन्न व्यक्तिहरुले आआफ्नो गजल बाचन गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


